scheduleसोमवारमाघ ५ गते, २०७७

च्याम्पियन्स लिग: चेल्सीको जीतमा जिरुडको चार गोल, युनाइटेड पिएसजीसँग स्तब्ध

काठमाडौं, १८ मङ्सिर । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न समूह इ को खेलमा इंग्लिस क्लब चेल्सीले शानदार जीत निकालेको छ । लिगमा चौथो जीत हात पार्ने क्रममा चेल्सीले स्पेनिस क्लब सेभियालाई ४-० ले हराएको हो ।

चेल्सीको जीतमा ओलिभियर जिरुड एक्लैले सबै चार गोल गरे । पहिलो हाफमा एक गोल भएको थियो भने दोस्रो हाफमा थप ३ गोल भएका थिए ।

खेलको आठौं मिनेटमा जिरुडले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५४औं मिनेटमा पुनः जिरुडले गोल गर्दै चेल्सीलाई २-० ले अघि बढाए ।

७४औं मिनेटमा जिरुडले ह्‍याट्रिक पूरा गरे तर यतिमा उनी रोकिएनन् । ८३औं मिनेटमा प्राप्त पेनाल्टीमा पनि गोल गरेपछि जिरुड र टोली दुवैको चार गोल भयो ।

सोही समूहको अर्को खेलमा क्रासनोडारले रेन्‍नेसलाई १-० ले हराएको छ । क्रासनोडारको जीतमा मार्कस बर्गले ७१औं मिनेटमा गोल गरेका थिए ।

यस समूहबाट चेल्सी र सेभिया यसअघि नै अन्तिम १६ का लागि छनौट भइसकेका छन् । चेल्सीको ५ खेलबाट १३ अंक छ भने सेभियाको समान खेलबाट १० अंक छ ।

क्रासनोडार ४ र रेन्‍नेस १ अंकसहित तेस्रो र चौथोमा छन् ।

पिएसजीले युनाइटेडलाई हरायो

गएराति नै सम्पन्‍न समूह एच को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई उसैको मैदानमा ३-१ ले हराएको छ ।

पिएसजीको जीतमा नेयमारले २ तथा मार्क्विन्होसले १ गोल गरेका थिए । युनाइटेडका मार्कस रासफर्डले १ गोल फर्काए ।

खेलको ७०औं मिनेटमा युनाइटेडका फ्रेडले रातो कार्ड खाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।

जीतसँगै पिएसजी ५ खेलबाट ९ अंकसहित शीर्षमा उक्लिएको छ । समान अंक भएको युनाइटेड र आरबी लेपजिग गोलअन्तरका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । अब १ खेल बाँकी रहँदा यस समूह रोमाञ्‍चक मोडमा पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay