रामचन्द्र पौडेल भन्छन्- प्रहरीको डण्डाले पेलिएका करङमा दुखाइ बढेको छ
प्रहरीको पेलान आखिर कहिलेसम्म ?काठमाडौं, १८ मङ्सिर । तनहुँको व्यासमा पुल उद्घाटन गर्न पुगेका बेला प्रहरीले पक्राउ गरेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भइसकेका छन् ।
रिहाइपछि सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पौडेलले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा मिल्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रहरीको घम्साघम्सीका क्रममा डण्डाले आफ्नो शरीर पेलिएको बताउँदै पौडेलले हिजोभन्दा आज दुखाई बढेको बताएका छन् ।
असली लोकतन्त्र कहिले साकार हुने हो भनेर प्रश्न गर्दै पौडेलले आफ्नो चिन्ता त्यसैमा भएको जनाएका छन् ।
पुल उद्घाटनका विषयमा नेपाली कांग्रेस र नेकपा निकट युवा सङ्घबीच विवाद भएपछि प्रहरीले दिउँसो तनहुँमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि गएका पौडेलसहितका नेतालाई प्रहरीले पक्राउ गरेको थियो ।
पौडेलसहित पक्राउ परेका काँग्रेस कार्यकर्ता सबैलाई प्रहरीले करिब ३ घण्टापछि रिहा गरेको थियो ।