scheduleसोमवारमाघ ५ गते, २०७७

बालुवाटार ‘प्रचण्ड ब्याक’ भएको प्रचारमा व्यस्त

काठमाडौं, १८ मंसिर । सत्तारुढ नेकपाभित्रको विवाद थप जटिल बनेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूह र अर्का अध्यक्ष प्रचण्ड-वरिष्ठ नेता माधव नेपाल समूहमध्ये कुन समूहले ‘एक्सन’ लिने भन्नेमा द्विविधा देखिएको छ ।

बुधबार बालुवाटारमा बसेको बैठकमा ओली सहभागी भएनन् । प्रचण्ड-नेपाल समूहलाई बैठक अगाडि बढाउने कि पछि हट्ने भन्नेमा अप्ठेरो थियो । अध्यक्षद्वयले कोभिड-१९ का कारण सामाजिक दुरी मात्र कायम गरिरहेका छैनन्, राजनीतिक दूरी पनि कायम गरिरहेका छन् । एकअर्काविरुद्ध सबै शक्ति लगाएर भण्डाफोर गर्ने प्रतिस्पर्धामा उनीहरु देखिएका छन् ।

यस्तो अवस्थामा प्रचण्डलाई बैठक अगाडि बढाउने दबाव थियो नै । तर उनले बुधबार बैठक हलबाट बाहिर निस्किएर महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलसँग भलाकुसारी गरे । लगत्तै हलमा पसेर बैठक स्थगित गर्ने कुरा गरे ।

उक्त अवस्थालाई जसरी पनि व्याख्या गर्न सकिन्छ । बालुवाटारले भने प्रचण्ड ब्याक भएको सन्देश दिनेगरी प्रचार गरिरहेको खुमलटारको निष्कर्ष छ । प्रचण्डले बैठक हलमा प्रवेश गरेर ओली समूहले भनेको एक हप्ता समयलाई घटाएर ३ दिनका लागि सबै सदस्यहरुसँग परामर्शमा बैठक स्थगित गरेको खुमलटार स्रोतको दावी छ ।

मंगलबार माधव नेपालले दिएको अभिव्यक्तिपछि ओली समूह अप्ठेरोमा छ । उनले नेकपामा अब पूर्वएमाले एकातिर बनाउने प्रधानमन्त्रीको प्रयास कामयावी नहुने बताएका थिए । ओली समूह जसरी पनि नेपाल-दाहाल गठबन्धन टुटाउन चाहन्छ ।

बुधबार पनि यही सन्देश दिने गरेर योजनामै पौडेल र पोखरेलले काम गरेको चर्चा हुन थालेको छ । ‘बालुवाटारका साथीहरुले विभिन्न कथाहरु बनाएर प्रचार गरिरहेका छन्, प्रचण्ड ब्याक भएको भनिरहेका छन् । तर त्यस्तो कुरा होइन,’ पूर्वमाओवादी समूहका एक नेताले भने ।

सचिवालय बैठक सार्दा स्थायी समिति प्रभावित भए पनि रघुजी पन्त र सुरेन्द्र पाण्डेले स्वास्थ्य लाभ कुरिरहेको ती नेताले दावी गरे । उनका अनुसार स्थायी समिति २१ गते बस्नेछ भने केन्द्रीय समिति पूर्वनिर्धारित मंसिर २५ मै बस्नेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay