scheduleसोमवारमाघ १२ गते, २०७७

इरानद्वारा युरेनियम उत्पादन बढाउनेसम्बन्धि कानून पारित

काठमाडौं, १८ मंसिर । इरानले युरेनियमको उत्पादन बढाउने तथा संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउने सम्बन्धी कानून पारित गरेको छ ।

इरानको संसदले नयाँ कानून पारित गरेसँगै उसले युरेनियमको उत्पादन थप बिस्तार गर्ने बाटो खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अबको दुई महिना भित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभएमा युरेनियमको उत्पादन २० प्रतिशतसम्म बिस्तार गर्ने इरानले जनाएको छ ।

सन् २०१५ मा भएको सम्झौता अनुसार इरानको युरेनियम क्षमता ३.६७ प्रतिशतमा सीमित हुनु पर्ने थियो । इरानका राष्ट्रपति हसन रुहानीले आफू सो कानूनको विपक्षमा रहेको बताएका छ । शीर्ष परमाणु वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्या भएपछि नयाँ कानून ल्याइएको हो ।

उनको हत्यामा इजरायलको हात रहेको इरानको आरोप छ । तर इजरायलले यसबारे सार्वजनिक रुपमा केही बताएको छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay