scheduleबिहिवारमाघ ८ गते, २०७७

विवेकशीलकी उपाध्यक्षसहित १३ केन्द्रीय नेता साझा पार्टीमा नजाने

काठमाडौं, १८ मंसिर । विवेकशील नेपाली दलकी उपाध्यक्ष अजिता राईसहित १३ संघीय समिति सदस्यहरु साझा पार्टीसँगको एकता प्रक्रियामा सहभागी नहुने भएका छन् । साझा पार्टी र विवेकशील नेपाली दल छिट्टै पार्टी एकता गर्दैछन् ।

विवेकशील नेपाली दल तथा साझा पार्टीबीच एकताको विषयमा दुई दलका वार्ता समितिले सहमति गरेको सम्झौतापत्रमा विवेकशील नेपाली दलका सदस्यहरूले विवेकशील नेपाली दलको विधान तथा नियमावली बमोजिम मतदान गरी अनुमोदन गरिसकेको छ ।

एकता प्रक्रियामा सहभागी नहुने नेतानेतृहरुले एकताले विवेकशील नेपाली दलको अहिलेको स्वरूपको यात्राको चरण समाप्त भएको निष्कर्ष निकालेका छन् ।

‘अब विवेकशील साझा पार्टीको रूपमा यात्रामा सहभागी हुने सम्पूर्ण सदस्यहरूलाई हामी शुभकामना व्यक्त गर्छौँ । तपसिलमा नाम उल्लेख भएका विवेकशील नेपाली दलको हालको संघीय समितिमा सदस्य रहेका ३५ मध्ये दुई पदाधिकारी सहित हामी १३ जनाले विवेकशील नेपाली दल र साझाको आगामी यात्रामा सहभागी नहुने व्यहोरा जानकारी गराउँछौँ,’ उनीहरुले भनेका छन् ।

उनीहरुले भनेका छन्, ‘अहिले एकीकरणको लागि सही समय हैन र विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषयहरूलाई नटुङ्याइकन एकीकरण गर्न उचित हुन्न भन्ने बारेमा हामीले नेतृत्व तथा आम सदस्यहरूसँग विभिन्न समयमा छलफल पनि गरेका थियौँ तर त्यसको सकारात्मक नतिजा आएन ।’

देशमा भइरहेको गलत राजनीतिको विरुद्ध सही राजनीतिको अनिवार्यता नकार्न नसकिने बताउँदै उनीहरुले भनेका छन्, ‘वैकल्पिक राजनीतिको पनि नयाँ परिभाषा सहित नयाँ एजेण्डा कार्ययोजना र रणनीति आवश्यक छ।’

एकता प्रक्रियामा सहभागी नभएपछि के गर्ने भन्नेबारेमा भने राई नेतृत्वको समूह अस्पष्ट देखिएको छ । ‘पार्टी दर्ताको सम्बन्धमा हाम्रो विचारसँग सहमत विवेकशील नेपाली दलका साथीहरू तथा शुभेच्छुकहरूसँगको छलफलपछि छिट्टै अगाडी बढ्नेछौं,’ उनीहरुले भनेका छन् ।

‘विवेकशील नेपाली दल सुरुवात भएदेखि आजसम्म विभिन्न ढंगले साथ र सहयोग गर्नुहुने सबैमा हामी कृतज्ञ छौँ र आगामी दिनमा हामीले तय गर्ने बाटोमा पनि साथ र सहयोगको गर्नु हुनेछ भन्ने आशा गर्दछौँ,’ १३ जना नेतानेतृले भनेका छन् ।

यी हुन् एकतामा सहभागी नहुनेहरु-

१. अजीता राई – उपाध्यक्ष

२. संगीता बाटाजु – सचिव (कार्यालय व्यवस्थापन)

३. कर्मा लामा तामाङ – संघीय समिति सदस्य

४. छिरिंग तामाङ – संघीय समिति सदस्य

५. विजय बाबु शिवाकोटी – संघीय समिति सदस्य

६. जेसन बैद्य – संघीय समिति सदस्य

७. शिशिर राई – संघीय समिति सदस्य

८. जमाल अली – संघीय समिति सदस्य

९. आशीष राई – संघीय समिति सदस्य

१०. ज्ञानेन्द्र निरौला – संघीय समिति सदस्य

११. साधना थुलुङ्ग राई – संघीय समिति सदस्य

१२. शशिविक्रम कार्की – संघीय समिति सदस्य

१३. आलोक सुवेदी – संघीय समिति सदस्य

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay