scheduleमगलवारमाघ १३ गते, २०७७

स्टाण्डर्ड नाप र तौल विधेयकका व्यवस्थाहरु माथि दफावार छलफल

काठमाडाैं, १८ मंसिर । स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमाथि दफावार छलफल भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको बैठकमा उक्त विधेयकमा रहेका व्यवस्थाहरुमामाथि दफावार छलफल भएको समिति सदस्य प्रकाश पन्थले जानकारी दिए । विधेयकमा संशोधन गर्नुपर्ने कुनै विषय नरहेकाले सांसदहरुको संशोधन नपरेको उनले बताए ।

नापतौल ऐन, २०२५ लाई समयानुकूल संशोधन गर्नु आवश्यक भएको भन्दै उद्योग मन्त्रालयले उक्त विधेयकको मस्यौदा तयार गरेको थियो ।

विधेयकमा ऐन विपरीत नाप वा तौल, नाप्ने वा तौलिने यन्त्र बिक्री वितरण र प्रयोग गर्नेलाई जरिवाना गरेर राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । नापतौल ऐन संशोधन विधेयकमा राष्ट्रिय स्तरको नापतौल प्रयोगशाला स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay