scheduleमगलवारफाल्गुन १८ गते, २०७७

भारतीयले नक्कली बाबु खडा गरी नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग

काठमाडाैं, १८ मंसिर । भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग गरिएको छ । राम आधार साह भन्ने व्यक्ति भारतीय नागरिक भएकाले उनको नागरिकताको खारेजीको माग गरिएको हो ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाराको कलैयाका प्रभात विक्रम शाहले भारतीय नागरिक राम आधार साहले कसरी नेपाली नागरिकता पाएको भन्दै प्रश्न गरे ।

उनले कैलालीका भोला साहलाई नक्कली बाबु खडा गरी भारतीय नागरिक राम आधार साहले नेपाली नागरिकता लिएको दाबी गर्दै राम आधार साहलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।

नागरिक छानविनका लागि जिल्ला प्रशासन कार्यालय बारा कलैयामा समेत उजुरी गरिएको उनको भनाई छ । भोला साहका दुईजना अर्को नामका छोरा भएको र राम आधार साह पनि छोराको रुपमा उल्लेखित गरी किर्ते गरिएको शाहले बताए ।

बाराका महागढीमाइ नगरपालिका वडा नं. २ मा यसबारे छानविन भई कारबाही चलाइएको र वडा हुँदै नगरपालिकाले यथार्थ जानकारी पठाएको पत्रकार स्म्मेलनमा जानकारी दिइयो । छानविन पछि उनी भोला साहको धर्मपुत्र भनी देखाइएको समेत बताइएको छ । जिल्ला प्रशासन कार्यालय बाराले यसबारे छानविन गर्न रौतहटमा पत्र पठाएको जनाइएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay