scheduleसोमवारमाघ १२ गते, २०७७

नेकपा विवादको मध्यमार्गी बाटो: ओलीले अध्यक्ष छाड्ने, प्रचण्ड र नेपाल समान अध्यक्ष

काठमाडौं, १८ मङ्सिर । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष छाड्ने भएपछि अन्ततः नेकपा भित्रको जुँगाको लडाईं सकिने भएको छ । यसले पार्टी विभाजन हुने वा एक अध्यक्षले अर्कोलाई कारवाही गर्नेसम्मका कुरा पनि सकिएको नेकपा उच्च स्रोतले बताएको छ ।

नेकपाका केही नेताले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दुईमध्ये एक पद छाड्दा राम्रो हुने र तत्काल विवाद पनि मत्थर हुने सल्लाह दिएपछि ओली अध्यक्ष छाड्ने मनस्थितीमा पुगेका हुन् । तर, नेकपा नेताले भन्दा अगाडि चिनियाँ राजदूतले पनि ओलीलाई दुईमध्ये एक पद छाड्दा पार्टी फुट्नबाट जोगिने सल्लाह दिएकी थिईन् । सबैतिरको दबाबका कारण ओलीले शर्तसहित अध्यक्ष छाड्न लागेको स्रोतको दाबी छ ।

अध्यक्ष ओलीले आफुले अध्यक्ष छाडेर कार्यकारी अध्यक्ष प्रचण्डलाई सबै अधिकार दिन नचाहेको सन्देश दिएका छन् । उनले आफूले छाडेको अध्यक्ष पद वरिष्ठ नेता माधवकुमार नेपाललाई दिनुपर्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डलाई कमजोर देखाउन अझै अर्को शर्त समेत तेर्साएका छन् । उनले कार्यकारी अध्यक्ष प्रचण्ड भन्दा पछिको वरियतामा नेपाल अध्यक्ष हुने हो भने आफु सर्वमान्य नेताको हैसियतमा बैठकमा उपस्थित हुन पाउनुपर्ने समेत शर्त राखेका छन् । यद्यपि ओलीको शर्तबारे नेकपाको आधिकारिक धारणा भने बाहिर आएको छैन ।

नेकपाभित्र ओली र प्रचण्डको विवादले उग्र रुप लिँदै जाँदा एकले अर्कोलाई खुइल्याउने र सकेजति आरोप लगाउने काम भएपछि कार्यकर्ता समेत एक अर्काविरुद्ध खुलेआम आरोपमा उत्रिन थालेका थिए । जसको परिणाम चितवनमा नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी र बुटवलमा महासचिव विष्णु पौडेलविरुद्ध गाली गलौज समेत भएको थियो ।

केही दिनअघि मात्रै नेता नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाउँछु, संसद विघटन गर्छु भनेर धम्काएको आरोप लगाएका थिए । कार्यकारी अध्यक्ष प्रचण्डसँग मिलेर ओलीविरुद्ध मोर्चा कसेका नेपालले अध्यक्ष पद आफुले पाएपछि ओलीविरुद्ध यसअघि लगाइएका सबै आरोप खारेज गर्दछन् वा पुनः संघर्षको मैदानमा लडिरहन्छन् त्यो भने हेर्न बाँकी छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay