अस्ट्रेलिया र भारतबीचको टी-२० श्रृंखला आजदेखि

काठमाडौं, १९ मङ्सिर । अस्ट्रेलिया र भारतबीचको तीन खेलको टी-२० क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदै छ ।
श्रृंखलाअन्तर्गत पहिलो टी-२० खेल नेपाली समयअनुसार दिउँसो १:५५ बजेदेखि क्यानबेराको मानुका ओभलमा सुरु हुनेछ ।
यी दुई टोलीबीच हालसम्म भएका खेलहरुमा भारतले ११ खेलमा जीत हात पार्दा अस्ट्रेलियाले ८ खेलमा जीत निकालेको छ ।
हाल अस्ट्रेलिया भ्रमणमा रहेको भारतले एकदिवसीय श्रृंखलामा भने हार व्यहोरेको छ । पहिलो र दोस्रो एकदिवसीय खेलमा पराजित भएको भारतले तेस्रो खेल भने जित्दै श्रृंखला क्लिनस्वीप व्यहोर्नबाट भने जोगिएको थियो ।
टी-२० श्रृंखलापछि यी दुई टोलीबीच चार खेलको टेस्ट श्रृंखला पनि हुनेछ ।
पछिल्लोपटक अस्ट्रेलिया भ्रमणमा जाँदा टी-२० श्रृंखला १-१ को बराबरीमा सकिएको थियो । त्यसैगरी एकदिवसीय र टेस्टमा भने भारत विजयी रहेको थियो ।