scheduleबुधवारमाघ ७ गते, २०७७

आजको मौसम: पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, १९ मङ्सिर । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

अहिले लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay