scheduleसोमवारमाघ १२ गते, २०७७

युरोपा लिग: रापिड विइनमाथि आर्सनलको सहज जीत

काठमाडौं, १९ मङ्सिर । युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनलले सहज जीत हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनललेे रापिड विइनलाई ४-१ गोलअन्तरले हराएको हो ।

आर्सनलको जीतमा एलेक्जेन्डर लाकाजेट, पाब्लो मारी, एडी एनकेटिया र इमाइल‌स्मिथ रोवले १-१ गोल गरेका थिए । रापिड विइनका कोया कितागावाले एक गोल फर्काए ।

खेलको १०औं मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा मारीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफ सकिनभन्दा एक मिनेट अगाडि एनकेटियाले आर्सनललाई ३-० ले अघि बढाए ।

दोस्रो हाफको ४७औं मिनेटमा कितागावाले गोल फर्काउँदै रापिड विइनको आशा जगाएका थिए । तर, ६६औं मिनेटमा रोवले गोल गरेपछि आर्सनलको अग्रता अझ फराकिलो भयो । त्यसपछि थप गोल हुन नसक्दा खेल आर्सनलले ४-१ ले जित्यो ।

यसअघि नै नकआउट चरणका लागि छनौट भइसकेको आर्सनल लगातार पाँचौं जीतसहित १५ अंक जोड्दै शीर्षमा यथावत् छ । रापिड विइन ६ अंकसहित तेस्रोमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay