scheduleबिहिवारमाघ १५ गते, २०७७

युरोपा लिगमा लेस्टर सिटीको हार, रोमाञ्‍चक खेलमा टोटनहामको बराबरी

काठमाडौं, १९ मङ्सिर । युइएफए युरोपा लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा इंग्लिस क्लब लेस्टर सिटीले हार व्यहोरेको छ । समूह जी अन्तर्गतको खेलमा युक्रेनी क्लब जोर्या लुहान्स्कले लेस्टरलाई १-० ले हराएको हो ।

घरेलु मैदानमा १-० को जीत दर्ता गर्ने क्रममा लुहान्सकका अलायर सयादमानेसले एकमात्र गोल गरेका थिए । उनले ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

हारका बाबजुद पनि ५ खेलबाट १० अंक जोडेको लेस्टर शीर्षस्थानमा यथावत् छ भने समान अंक भएको लुहान्स्क गोलअन्तरका आधारमा दोस्रोमा छ ।

दुवै टोली नकआउट चरणका लागि छनौट भइसकेका छन् ।

लास्क र टोटनहामको बराबरी

गएराति नै सम्पन्‍न खेलमा अर्को इंग्लिस क्लब टोटनहाम बराबरीमा रोकिएको छ । लास्कले टोटनहामलाई ३-३ को बराबरीमा रोकेको हो ।

४२औं मिनेटमा लास्कका पिटर मिकोर्लले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा टोटनहामका गारेथ बेलले गोल गर्दै खेल बराबरीमा ल्याए ।

सन ह्‍युङमिनले ५६औं मिनेटमा गोल गरेपछि खेलमा पाहुना टोलीले अग्रता लिएको थियो । ८४औं मिनेटमा जोहानेस इगेस्टेनले गोल गरेपछि घरेलु टोलीले खेल पुनः बराबरीमा ल्याएको थियो । त्यसको दुई मिनेटपछि डेले अलीले पेनाल्टीमार्फत गोल गरेपछि पाहुना टोलीले एकपटक फेरि अग्रता लियो ।

तर इन्ज्युरी समयको तेस्रो मिनेटमा मामादोउ काकागोले गोल गरेपछि लास्कले खेल बराबरीमा नै सकाएको हो ।

बराबरीपछि ५ खेलमा १० अंक जोडेको टोटनहाम दोस्रो स्थानमा छ भने ७ अंक भएको लास्क तेस्रोमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay