बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, १९ मङ्सिर । बाँकेमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको हो ।
यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको छ । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।