scheduleबिहिवारमाघ ८ गते, २०७७

नेपालमा पछिल्लो समय कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै

काठमाडाैं, १९ मंसिर । नेपालमा पछिल्लो समय कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ७ सय ६६ रहेको छ ।

एक साता अघि नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार २ सय ३७ रहेको थियो । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप एक हजार तीन सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ५ सय ५१ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay