scheduleबुधवारमाघ १४ गते, २०७७

झापामा ४० हजार किलोलिटर क्षमताको भण्डारण बनाउँदै निगम, अनुगमनमा संसदीय समितिहरू

काठमाडौं, १९ मंसिर । नेपाल आयल निगमले झापामा ४० हजार किलोलिटर क्षमताको भण्डारण निर्माण कार्य सुरु गरेको छ । त्यस्तै, सिलिगुरीबाट झापा पाइपलाइन जोड्ने परियोजनाको खाका पनि तयार भइसकेको निगमले जनाएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष ०७६/०७७ को नीति तथा निगमको कार्यक्रमले निर्दिष्ट गरेको सिलिगुरी-झापा पेट्रोलियम पाइपलाइन परियोजना तथा एलपीजी भण्डारणका साथै बोटलिङ प्लाण्ट निर्माण गर्न प्रदेश नं. १ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण परियोजना कार्य सुरु भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

‘यस अन्तर्गतको पाइपलाइन सर्भे कार्य नेपाल आयल निगम तथा इण्डियन आयल कर्पोरेशनबाट संयुक्तरुपमा सम्पन्न भइसकेको छ,’ उनले भने, ‘संयुक्त सर्भे टोलीले पहिचान गरेका रुटमध्ये उपयुक्त रुटको एकिन गरेने कार्य निगमको प्राविधिक टोलीले सम्पन्न गरेको छ ।’

प्रवक्ता उपाध्यायका अन्सार उक्त परियोजनाका अलावा करिब ४ हजार मेट्रिक टनको एलपी ग्याँस भण्डारण तथा एलपी ग्याँस बोटलिङ प्लाण्ट निर्माण गर्न अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भइसकेको र सो परामर्शदाताबाट कार्य सुरु भइसकेको छ ।

हाल भद्रपुर विमानस्थलमा निगमद्वारा प्रदान गरिरहेको रिफ्युलिङ सेवामा थप प्रभावकारिता ल्याउन साना एभिएसन परियोजना अन्तर्गत अत्याधुनिक प्रविधियुक्त ३० हजार लिटर क्षमताको दुईवटा भण्डारण ट्याङ्क बनाई रिफ्युलिङ कार्यलाई थप व्यवस्थित गर्ने कार्य सुरु भइसकेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

विहीबार यी परियोजनाको सञ्चालन तथा कार्यक्रम निरीक्षण कार्य संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको छ । निरीक्षण कार्यमा समितिका सभापति विमल श्रीवास्तव, सदस्यहरु भिमसेनदास प्रधान, मायादेवी न्यौपाने र अमृतादेवी अग्रहरी सहभागी थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay