मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक
जनकपुरधाम, १९ मंसिर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ।
शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएपछि फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगलको तस्बिर राखिएको छ।
मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रका अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटो परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको हो ।
‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान-बिहानै अनावश्यक कुराहरू पोस्ट भएको पायौं’, मिश्रले भने, ‘ह्याक कहाँबाट र कसरी भएको हो भन्नेबारे छानबिन हुँदैछ।’