scheduleसोमवारमाघ १२ गते, २०७७

नेकपा विवाद: प्रचण्डलाई भेट्न खुमलटार पुगे पोखरेल

काठमाडाैं, १९ मंसिर । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ।

प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री समेत रहेका पोखरेल शुक्रबार बिहान खुमलटार पुगेका थिए । आज बिहान साढे १० बजेतिर खुमलटार पुगेका पोखरेल र दाहालबीच करिब एक घण्टा छलफल भएको थियो ।

यसअघि बिहीबार महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

बैठकमा भेट भएकोबाहेक ओली र प्रचण्डबीच गत कात्तिक २५ यता एकल रुपमा भेटघाट भएको छैन। ओली र प्रचण्डवीच संवाद नै हुन छोडेपछि ओलीनिकट नेताहरुले प्रचण्डलाई भेट्न थालेका छन्।

नेकपाभित्र प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन् भने ओली पक्षधरले दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन् ।

कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको लिखित जवाफ दिएका थिए।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay