scheduleसोमवारमाघ १२ गते, २०७७

जनमुक्ति सेनाका कमाण्डरहरू जसपा छिरे, बाबुरामले गरे स्वागत

काठमाडौं, १९ मंसिर । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी आन्दोलनमा ध्रुवीकरण बढिरहेको बताएका छन् ।

शुक्रबार पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूलगायतलाई पार्टीमा स्वागत गर्दै उक्त कुरा बताएका हुन् । उनले नेकपामा वैचारिक राजनीतिक संकट चुलिएको र विकल्प समाजवादी पार्टी र विचार मात्र हुनसक्नेमा जोड दिए ।

‘पटकपटक पार्टी/राज्यका समस्या लिएर राष्ट्रपतिकहाॅ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धारा अन्तर्गत हो ?,’ अध्यक्ष भट्टराईले भने, ‘त्यस्तो शक्तिशाली/सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ न त ! नत्र यो जो अगुवा उही बाटो ह..अति भो !’

भट्टराईले नेकपा विप्लव समूह परित्याग गरी पूर्व जनमुक्ति सेनाका बटालियन भाइस-कमाण्डर चन्द्रबहादुर घर्ती मगर, कम्पनी कमाण्डर दीपककुमार घर्ती मगर, कम्पनी कमाण्डर अमृतकुमार अनमोल, मजदूर केन्द्रीय नेता टीकाराम देवकोटा, चित्रबहादुर विकलाई जसपा प्रवेश गराएका छन् ।

विहीबार डा. भट्टराईले अछाम साँफे-६, भागेश्वरका नेकपा नेता दीपकबहादुर दुवाल र ओखलढुंगाका स्थापित समाजसेवी/व्यवसायी कृष्णराज गुरूङ (खिजीदिम्बा गापा)लाई जनता समाजवादी पार्टीमा प्रवेश गराएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay