scheduleबिहिवारमाघ ८ गते, २०७७

हेटौंडामा राजावादीको शक्ति प्रदर्शन, अध्यक्ष थापा भन्छन- राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ

काठमाडौं, १९ मंसिर । बागमती प्रदेशको राजधानी हेटौंडामा राजावादी शक्तिहरुले वृहत प्रदर्शन गरेका छन् । शुक्रबार दिउँसो गरिएको प्रदर्शनमा राजतन्त्र र हिन्दू राज्यको पक्षमा नाराबाजी गरिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आयोजना गरेको प्रदर्शन पार्टी कार्यालय सानोपोखराबाट मोटरसाइकल र्‍याली गर्दै सुरु भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘राजतन्त्र पुनर्स्थापना गर’, ‘हिन्दु राष्ट्र कायम गर’लगायत नारा लगाएका थिए ।

प्रदर्शनकारीले नगर परिक्रमा गर्दै हेटौंडा बजारको सीमा चोकमा पुगेर कोणसभा गरिएको थियो । र्‍यालीलाई राप्रपाका नेता मधु अधिकारी, राजाराम बर्तौला, जिल्ला अध्यक्ष न्यौपानेले सम्बोधन गरेका थिए ।

हेटौंडाको प्रदर्शनपछि राप्रपा अध्यक्ष कमल थापाले अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए ।

‘हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनको विरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ,’ अध्यक्ष थापाले भने, ‘कसैलाई भ्रम र द्विविधा नरहोस् राप्रपा बलियो भयो भने मात्र हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना हुन्छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay