scheduleमगलवारमाघ १३ गते, २०७७

कांग्रेस सडकमा जाने, मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन

फाइल फोटो

काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

बैठकपछि वरिष्ठ नेता पौडेलले राज्यले दमककारी र राज्य सर्वसत्ताबाद तर्फ जान लागेको भन्दै कांग्रेसले विरोध गर्न लागेको बताए । पौडेलले सरकार प्रतिगमनतर्फ उन्मुख रहेको भन्दै अब योभन्दा धेरै सहन नसक्ने र आफूमाथि भएको प्रहरी दमन सरकारी नीति अन्तरगत नै भएको उनले बताए ।

पौडेलले सरकारलाई सचेत गराउन एकदिने विरोध कार्यक्रम राखिएको जानकारी पनि दिए । उनले पार्टीको पहिलो बैठकबाट आन्तरिक कुरालाई टुङ्ग्याएर अधिवेशनका विषयमा पनि छलफल गर्ने जानकारी दिँदै त्यसपछि विरोधका सशक्त कार्यक्रमलाई अघि बढाउने बताए ।

पौडेलले तनहुमा भएको पक्राउ र दमनको घटनापछि आफु अझैपनि स्वस्थ नभएको र दुखाई कायम रहेको दुखेसो गरे ।

पौडेलले सरकारमा रहेका बेला देशलाई कम्युनिष्ट चरित्रमा लैजानुपर्छ भन्ने मानसिकताबाट सरकार अघि बढेको भन्दै यसको पहिलो चरण तनहुँमा देखिएको स्पष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको भन्दै पौडेलले ओलीलाई व्यवाहारले आफू लोकतन्त्रवादी भएको पुष्टि गर्न चुनौती दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay