जसपा डोल्पाको समायोजन, यस्तो बन्यो जिल्ला समिति
डोल्पा, १९ मंसिर । जनता समाजवादी पार्टी डोल्पाले पार्टी समायोजनको काम सकेको छ ।
समाजवादी पार्टी र राजपाबीच भएको एकतापछि बनेको जसपाले डोल्पामा जिल्ला कार्यसमिति घोषणा गरेको हो । शुक्रबार भएको भेलाबाट प्रेमबहादुर बोहराको अध्यक्षतामा समायोजित कार्यसमिति बनेको छ ।
जिल्ला समितिको उपाध्यक्षमा लालशरण चलाउने र जयलक्ष्मी कार्की, शिवनन्द रोकाय उपसचिव र चीना बुढा कोषाध्यक्ष चयन हुँदा सचिव पद खाली राखिएको छ ।