scheduleसोमवारमाघ १२ गते, २०७७

शीतलनिवासमा प्रचण्डले दिए कडा निर्णय गर्ने संकेत

फाइल फोटो

 

काठमाडौं, २० मंसिर । सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार बालुवाटारमा बस्दैछ । बैठकमा यसअघि जस्तै अध्यक्ष ओलीको कुर्सी खाली हुने हो कि भरिने हो अन्यौल नै छ । ओली नआए पनि बैठक अगाडि बढाउनै पर्ने दवाबमा नेपाल-दाहाल समूह रहेको छ ।

बैठकको अघिल्लो दिन रात छिप्पिँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास बोलाइन् नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई । भेटमा प्रचण्डले ‘ओलीले जे पनि गर्न सक्छन्, विचार गर्नुस्’ भन्दै राष्ट्रपति कार्यालयको साथ खोजे ।

‘पछिल्लो राजनीतिक घटनाक्रम र अवस्थालाई अलिकति ध्यान दिनुहोला ! हामी पनि केही निर्णय नगरी नहुने अवस्थामा पुगेका छौं । ओलीजीले आवेगमा आएर मुलुक, जनता र पार्टीलाई हानी हुने काम गर्न खोज्नुहोला । तपाईंले विशेष सावधानीका साथ निर्णय गर्नुपर्ला,’ प्रचण्डको भनाई उद्धृत गर्दै खुमलटार स्रोतले भन्यो ।

तर, उनले जवाफमा शीतलनिवासले सकरात्मक जवाफ दिएन । ‘म त संवैधानिक संस्था न हुँ । सरकारले ल्याएको सिफारिश कार्यान्वयन गर्नुपर्ने हुनसक्छ,’ भण्डारीको जवाफलाई प्रचण्ड-नेपाल समूह अस्वभाविक नलागेको बताइएको छ ।

शनिबार बिहान शीतलनिवासमा प्रधानमन्त्री केपी ओलीको तारेख थियो । भण्डारी र ओली दुवैको सन्देश ‘बैठकमा पेले अध्यादेश ल्याउँछु’ भन्ने रहेको खुमलटारको ठम्याई छ । यद्यपि, माधव नेपाल समूहले भने यसअघि पनि ओलीलाई भोगिसकेको हुनाले यस्तो गतिविधि धम्कीको लागि मात्र गरिएको र ओलीले अध्यादेश नल्याउने निष्कर्ष निकालेको छ ।

यसैबीच राष्ट्रपति भण्डारीको सक्रियता बढिरहेकै छ । उनले नेपाल समूहका नेताहरुलाई पनि बोलाएर भेटेकी छिन् । सबैलाई उनको सन्देश छ- बहुमत-अल्पमतमा नजानुहोस् ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay