scheduleसोमवारमाघ १२ गते, २०७७

विद्यार्थी नेतालाई माधवले भने- ओलीले फकाइराछन्, मैले मानेको छैन, मान्दिनँ पनि

काठमाडौं, २० मंसिर । ‘म त्यो प्रचण्डलाई कुनै हालतमा न प्रधानमन्त्री छाड्न सक्छु न पार्टी अध्यक्ष तपाईंको तर्फबाट दश जना र मेरोतर्फबाट १० जनाको टिम बसेर आवश्यक परे पाँचवटै औंलाको छाप लगाऔं । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै लिनुस् तर त्यस (प्रचण्ड)लाई दिँइँदैन । हामी नै मिलौं ।’

माधव नेपाललाई राखिएको यो प्रस्ताव हो केपी ओलीको । विहीबार कोटेश्वर पुगेका आफ्नो समूहका विद्यार्थी नेताहरुलाई विवादको पोल खोल्दै माधवले ओली प्रस्तावको इतिवृत्तान्त सुनाएका हुन् ।

राजनीतिक संस्कार र नैतिकतामा अलि परिपक्व देखिने नेपालले आफूले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेको नेपालले जिकिर गरे । त्यसो त, यसअघिको सचिवालय बैठकमा नेपालले यसबारे स्पष्ट बोलेका थिए । ‘हामी नेकपा भइसक्यौं, पूर्वएमाले जुटाउने प्रयास मान्य हुँदैन,’ नेपालको यही भनाईबाट ओली समूह थप रक्षात्मक बनेको थियो ।

‘समस्या एकातिर छ, अर्कोतिर समाधान खोजेर हुँदैन । म पदको लोभी होइन । ललिपप नदेखाउनुहोस् । यो संघर्ष मैले पदका लागि गरेको होइन । विधि,पद्दति र प्रणाली स्थापना गर्ने विषयमा, कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीजस्तै बनाउने कुरामा र तपाईंको गलत प्रवृत्तिको बिरुद्धमा लडेको हुँ,’ नेपालले ओलीलाई भनेको भनाई उद्धृत गर्दै एक विद्यार्थी नेताले भने, ‘तपाईं जस्तो पटकपटक रुप र रंग फेरेर कुरा गर्नेसँग मेरो सहमति हुँदैन । पदको लोभ र ललिपप आफ्नै खल्तीमा राख्नुहोस् ।’

‘मसँग नैतिकता बाँकी छ, राजनीतिक संस्कार पनि देखाउँदै आएको छु । इतिहास साक्षी छन् । पद छाड्न मलाई कुनै आइतबार कुर्नुपर्दैन । मैले पार्टी पनि चलाएँ । देश पनि चलाएँ । बरु वारकि पारका लागि तयार हुनुस्,’ नेपालको भनाई उद्धृत गर्दै ती विद्यार्थी नेताले भने ।

‘नेपाल कमरेड वारकी पार गर्ने पक्षमै देखिनुभयो । प्रतिवद्धता पनि त्यस्तै पायौं,’ भेटमा सहभागी एक नेताले भने, ‘बरु उहाँको चिन्ता अध्यक्ष प्रचण्डले नै सम्झौता गरिहाल्छन् कि ? उहाँले ओलीलाई आफूले जसरी चिनेकै छैनन् भन्ने आशंका देखाउनुभयो ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay