scheduleशनिवारमाघ ३ गते, २०७७

नेकपा सचिवालय बैठक आज, सहमतिको सम्भावना न्यून

काठमाडौं, २० मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आ–आफ्नै रणनीतिमा जुटेका छन् । विवाद समाधानका लागि नेताहरूको दौडधूप बढेको भए पनि सहमति जुट्न सकेको छैन ।

शीर्ष नेताहरू आ–आफ्नै अडानमा कायम रहेपछि नेकपाभित्रको विवाद झन्झन् गम्भीर बन्दै गइरहेको छ । विवाद समाधान गर्ने उद्देश्यले आज सचिवालय बैठक बोलाइएको भए पनि सहमति जुट्ने सम्भावना न्यून देखिएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गर्दै एक अर्कालाई गम्भीर आरोप लगाएपछि विवादले उग्र रूप लिँदै आएको छ ।

विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री ओली निकट रहेका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल शुक्रबार खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका थिए । तर पनि समस्या समाधानको ठोस् पहल हुन सकेको छैन । सोही कारण आजको सचिवालय बैठक समेत अन्यौलमा परेको नेताहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay