scheduleबिहिवारमाघ १५ गते, २०७७

प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा, समझदारीबिना बैठकमा नजाने ओलीको अडान

काठमाडौं, १९ मंसिर । नेकपा कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

ओली र दाहालबीच कुनै सहमति नभएकाले आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुने सम्भावना रहेको ओली निकट स्रोतले बताएको छ ।

बुधवार बसेको सचिवालय बैठकमा ओली अनुपस्थित भएपछि तीन दिन स्थगित गरेर आज उनीसहित सहभागी हुनेगरी बैठक राखिएको हो ।

आज बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको नेकपाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay