ओली कुशासनको धमिलो पानीमा माछा नमार्न राजावादीलाई डा. भट्टराईको चेतावनी
काठमाडौं, २० मंसिर । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीहरुलाई फोहोरको डुंगुरमा फर्कनुभन्दा छिटो फोहोर सफा गर्न सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले देशव्यापी भइरहेको राजावादीहरुको प्रदर्शनलाई लक्षित गर्दै ओली कुशासनको धमिलो पानीमा माछा नमार्न चेतावनी दिएका छन् ।
‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न,’ उनले प्रश्न गरेका छन्, ‘२४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, बेरोजगारी, भ्रष्टाचार, जातीय/क्षेत्रीय/लैंगिक विभेद, पराधीनताको फोहर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुङ्गुरमा फर्कने ?’
शनिबार राजधानीमा पनि राजावादीहरुले शक्ति प्रदर्शन गर्दै राजतन्त्रको पुनर्स्थापनाको माग गरेका छन् ।
ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४०बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता,गरीबी,वेरोजगारी,भ्रष्टाचार,जातीय/क्षेत्रीय/लैंगिक विभेद,पराधीनताको फोहर १२बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?
— Baburam Bhattarai (@brb1954) December 5, 2020