scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिगमा बर्नली र एभर्टनको बराबरी

काठमाडौं, २० मङ्सिर । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्‍न खेलमा बर्नली र एभर्टनले बराबरी खेलेका छन् ।

बर्नलीको मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । दुवै गोल पहिलो हाफमा भएका थिए ।

खेलको तेस्रो मिनेटमै घरेलु टोलीका रबी ब्राडीले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् ।

बराबरीपछि ११ खेलबाट १७ अंक भएको एभर्टन सातौं स्थानमा रहेको छ भने १० खेलबाट ६ अंक जोडेको बर्नली १९औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय