scheduleमगलवारफाल्गुन २५ गते, २०७७

गजल

युवराज भण्डारी

विश्वासको रहेन यो जमाना पाइलैपिच्छे घात छ
तस्करहरुको निम्ति यो दुनियाँ दिनदहाडै रात छ

रातारात बनेको महल देखेर तीनछक पर्छन् छिमेकी
कसरी बुझाउँ हजुर देशको ढुकुटीमा उनको हात छ

दुनियाँ कहाँ पुगिसक्यो बदलिएन कहिल्यै सोंच हाम्रो
मान्छे फसाउने चुनावी पासो कहीं क्षेत्र कहीं जात छ

असन्तुष्ट कार्यकर्ता पनि प्रचारमा खटिन्छन् चुनावमा
भाग्य हुनु त यस्तो वाह! नेताजी क्या फलिफाप छ

नेताजी जप्दै किन पछि लाग्नु भ्रष्ट भनेर चिनेपछि
थाहा छैन र यही नियतिले गर्दा जनताको विलाप छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay