कविताः निम्तो
नवराज रायमाझीए जङ्गली मान्छे
कति खान्छौ तिते गिठ्ठा र भ्याकुर
एक एक मुठी रगत
रातो झण्डा
र क्रान्तिको विगुल फुक्दै आउ
र भत्काउ भ्रमको साम्राज्य,
तिम्रा पसिनाले सिञ्चित
राजमार्ग, दरबारहरूमा बसेर
गरिरहेछ ऊ भ्रमको खेती
जस्तो एउटा अबोध बालकलाई हाउगुजी देखाइन्छ ।
त्यसरी नै
तिमी माथि हाउगुजी देखाउँदै शासन गरिरहेछ,
अधिनायकवादी जत्था!
पटकपटक तिमीलाई नै पात्र बनाएर
खेलाइरहेछ भ्रमको नाटक
राष्ट्रवाद, जाति, धर्म र भुगोलको नाममा
ए प्रिय कर्मठ मान्छे,
आज तिम्रै भविष्यको लागि
समयले सुपारी दिएको छ,
आउ सँगै मिलेर कोरौं हाम्रो अनुहार
र स्विकारौं समयको निम्तो ।
-सिन्धुपाल्चोक