पुनः विवाह बन्धनमा बाँधिदै मनोज गजुरेल
काठमाडौं, २२ मंसिर । वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिन लागेको खबर सार्वजनिक भएको छ । कलाकर गजुरेलले झण्डै तीन वर्षअघि पत्नीसँग सम्बन्धविच्छेद गरेका थिए ।
विवाहको मिति र पात्रबारे उनले अहिलेसम्म केही खुलाएका छैनन् । ०७४ मा मीना ढकालसँग सम्बन्ध विच्छेद गरेपछि उनी आफ्ना २३ वर्षका छोरा मिरोज र १५ वर्षीया छोरी मेमोरीसँग बस्दे आएका छन् ।
कोरोना संक्रमण भएको बेला उनलाई विवाहका लागि सुझाव आएका थिए ।