scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

४ तस्बिरमा हेर्नुहोस् श्वेता र विजयेन्द्रको विवाह

काठमाडौँ, २२ मंसिर । अभिनेत्री श्वेता खड्काले सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले साेमबार काठमाडौंको गोकर्णमा बिहे गरेकी हुन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठकाे निधन भएकाे ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । श्रेष्ठको २०७१ साउन २५ गते असामयिक निधन भएको थियो ।

श्वेतासँग बिहे भएकाे २ दिनमै श्रीकृष्ण बिरामी भएसँग अभिनेता श्रेष्ठको उपचारकै क्रममा २०७१ साउन २५ गते उनकाे निधन भएकाे थियाे ।

आइतबार खड्काले मेहेन्दीका तस्बिरहरु सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएकी थिइन् । श्रीकृष्णसँगै ‘कहाँ भेटिएला’मा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी श्वेताले ‘काेहिनुर’, ‘कान्छी’ मा पनि अभिनय गरेकी छिन् ।

अभिनयसँग व्यवसायमा पनि व्यस्त खड्काले समाजसेवीको छवि पनि बनाउँदै गएकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay