वरिष्ठ गायक जगतमर्दनको पशुपति आर्यघाटमा अन्त्यष्टि
काठमाडौं, २२ मंसिर । वरिष्ठ गायक जगतमर्दन थापाको उपचारको क्रममा निधन भएको छ ।
८५ वर्षीय थापा कलाकार थापाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा सोमबार निधन भएको हो ।
केहीदिन अघि मात्र कोरोना संक्रमण मुक्त भएका थापाको छातीमा समस्या आएपनि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो ।
स्वर्गीय थापाले विसं २०१३ सालमा रेडियो नेपालबाट आफ्नो सांगीतिक तथा साहित्यिक यात्रा शुरु गरेका थिए । त्यस्तै विस २०१८ मा थापाले आफ्नो पहिलो गीत रेकर्ड गराएका थिए ।
उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।