scheduleबिहिवारफाल्गुन २० गते, २०७७

बलिउड पछ्याउँदै आँचल, राखिन् म्यानेजर


काठमाडौं, २३ मंसिर । अभिनेत्री आँचल शर्माले आफ्नो सहयोगका लागि म्यानेजर राखेकी छिन् । दुई महिना अघि शर्माले एक महिलालाई म्यानेजरको रुपमा नियुक्त गरेकी हुन् ।

विवाह बन्धनमा बाँधिनुअघि आफ्नै सबै काम आफैं गर्ने उनले विवाहपछि म्यानेजरको व्यवस्था गरेकी हुन् । शर्मा गत वर्ष विवाह बन्धनमा बाँधिएकी थिइन् । हाल उनी म्युजिक भिडियोमा व्यस्त छिन् ।

शर्माले मिलन च्याम्सको निर्देशनमा बन्न लागेको एक चलचित्रमा निर्माण पनि गरेकी छिन् । उनै निर्देशको नयाँ चलचित्रमा पनि काम गर्ने उनको तयारी छ । विवाहअघि उनले ‘झिँगेदाउ’को छायांकन पूरा गरिसकेकी छिन् ।

शर्माको सबैभन्दा पछिल्लो ‘चलचित्र दाल भात तरकारी’ हो । शर्माले भन्दा अगाडि अनमोल केसी, नम्रता श्रेष्ठ लगायतले म्यानेजर नियुक्त गरिसकेका छन् । म्यानेजरमार्फत् व्यक्तिगत काम सजिलो बनाउन व्यवस्थापन गर्ने अभ्यासले नेपालमा पनि जरा गाड्न थालेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay