scheduleमगलवारफाल्गुन १८ गते, २०७७

ललितपुरको च्यासलमा च्यासल स्क्वायर निर्माण हुने

काठमाडाैं, २४ मंसिर । ललितपुरको ऐतिहासिक स्थल च्यासलमा च्यासल स्क्वायर निर्माण हुने भएको छ । बुधबार शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले ललितपुरमा वडा नंवर ९ स्थीत च्यासलमा निर्माण हुने च्यासल स्क्वायरको शिलान्याश गरेका हुन् ।

स्क्वायर निर्माणका लागि बागमति प्रदेश सरकारले ४० लाख, ललितपुर महानगरले २५ लाख छुट्याएको छ । उक्त स्क्वायर निर्माणको अनुमानित लागत ३ करोड ७९ लाख रहेको मन्त्री श्रेष्ठले बताए । उनले स्क्वायर निर्माणमा संघीय सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै मन्त्री श्रेष्ठले च्यासलस्थीत श्रमिक शान्ति कलेजको छात्रावास भवनको पनि शिलान्याश गरेका थिए । छात्रावास निर्माणका लागि प्राप्त ५० लाख रुपैयाबाट निर्माण सुरु गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

१ करोड १६ लाख अनुमानित लागत रहेको उक्त भवन श्रमिक शान्ति कलेजले निर्माण गर्ने उनले बताए । मन्त्री श्रेष्ठले मुलुकको आन्दोलनको परिवर्तनमा भूमिका रहेको च्यासलको विकासका लागि सरकारको सदैव सहयोग रहेको जानकारी पनि दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay