scheduleबिहिवारफाल्गुन २० गते, २०७७

डा. बस्ताकोटीको ‘थियौ तिमी दिलमा’ सिग्देलको स्वर

काठमाडौं, २६ मंसिर । नेपाली सुगम संगीतका लोकप्रिय गायक राज सिग्देलको स्वरमा ‘थियौ तिमी दिलमा’ गजल हालै सार्वजनिक गरिएको छ । गजलकार डा. ऋषि बस्ताकोटीको रचना र राजेश थापाको संगीत रहेको उक्त गजलमा रिदम कँडेलले संगीत संयोजन गरेका छन् ।

काठमाडौंको ए-प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ कुशल थापाले गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग (ध्वनि सम्पादन) साजन शाहले गरेका छन् । द टच क्रियसनले बजारमा ल्याएको उक्त गजलमा गायक राज सिग्देल कै अभिनय देख्न सकिन्छ । भिडियो प्रवेश राइको छायाङ्कन, सुवास शाह र अल्बर्ट बस्ताकोटीको सम्पादनमा तयार पारिएको हो ।

हेर्ने गीतको प्रभाव बढिरहेको समयमा आफूहरूले गम्भिर प्रकृतिको सुन्ने गीत/गजल ल्याएको र आफ्ना पुराना सिर्जना जस्तै यो गजल पनि स्रोता-दर्शकले मन पराइदिनेमा आफू आशावादी भएको विश्वास व्यक्त गर्छन् गायक राज सिग्देल।

राज सिग्देलको स्वरमा सजिएका ‘ऊ जितेर गइ या हारेर गई’ लगायतका गीतहरू निकै लोकप्रिय छन् । दुई दशक लामो संगीतिक जीवनमा बिभिन्न सांगीतिक प्रयोग गर्दै आएका संगीतकार राजेश थापाले यो गजलमा स्रुतिमिठास आउने गरी केही भिन्न प्रयोगको प्रयास गरेको बताउँछन् । राजेशले संगीत गरेका हुरीमा दियो जलेको देख्छु लगायतका लोकप्रिय गीतहरू सांगीतिक बजारमा छन् ।

गजल लेखनमा करीब साढे दुई दशकभन्दा लामो इतिहास बनाएका साहित्यकार डा ऋषि बस्तकोटीले यो गजलमा प्रेम मनोविज्ञानको भित्री तहमा पुगेर वियोगान्त कथालाई सुललित ढंगले प्रस्तुत गरेका छन् । डा ऋषि बस्ताकोटीका यस अघि ‘ज्वालाका रापहरू’ गजल संग्रह र ‘गजल स्पर्श’ गजल एल्बम प्रकाशित छन् भने अन्य फुटकर गीत गजलहरू पनि नेपालका प्रतिष्ठित संगीतकार र गायक गायिकाहरूसँगको सहकार्यमा नियमित रुपमा सांगीतिक बजारमा आएका छन् ।

ॠषि, राज, राजेश र रिदमको सहकार्यमा आएको ‘थियौ तिमी दिलमा’ गजलले पनि स्रोताहरुको मन जित्ने विस्वास गरिएको छ। यो संगीतिक गजलका स्रस्टाहरूले यो गजलका एक पटक हेरिदिन अनुरोध गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay