scheduleमगलवार आषाढ़ १ गते, २०७८

‘चिसो मान्छे’मा स्वस्तिमालाई ‘तातो रकम’

काठमाडौं, २६ मंसिर । पछिल्लो समय एकपछि अर्को चलचित्र हात पार्दै आएकी नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । चलचित्रर्की निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काबीच बुधबार सम्झौता भएको निर्माण पक्षले जनाएको छ ।

उक्त चलचित्रमा स्वस्तिमाले काम गर्ने खबर यसअघि नै बाहिरिए पनि बुधबार उनले निर्माणपक्षसँग लिखित सम्झौता गरेकी हुन् ।

चिसो मान्छे दिपेन्द्र के खनालको निर्देशनमा बन्दैछ । स्वस्तिमाले राम्रै पारिश्रमिक बुझ्नेगरी चलचित्रमा सम्झौता गरेकी छिन् । चिसो मान्छेमा तातो रकम दिनुका पछाडि निर्माण पक्षले स्वस्तिमाको भूमिका बेजोड रहनु रहेको स्पष्ट पारेको छ ।

मानिसहरुमा देखिएको नैराश्यताको कथालाई पर्दामा उतारिने बताइएको चलचित्रको छायांकन छिट्टै सुरु गरिने बताइएको छ ।

तस्बिरः स्वस्तिमाको फेसबुकबाट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय