scheduleमगलवार आषाढ़ १ गते, २०७८

अञ्जुद्वारा पहिलो संगीतबद्ध गीतमा छोरी परितोषिकाको डेब्यु (भिडियो)

 

काठमाडौं, २७ मंसिर । चर्चित गायिका अञ्जु पन्तको छोरीले अभिनयमा डेब्यु गरेकी छिन् । पन्तद्वारा पहिलोपटक संगीतवद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीतमा उनले आफ्नी छोरी परितोषिकालाई अभिनयमा डेब्यु गराएकी हुन् ।

सुरेश वाग्लेको रचना रहेको गीतमा अञ्जुकै स्वर छ । गीतको म्युजिक भिडियोमा गायिका पन्तले छोरी परितोषिलाई डेब्यु गराएकी हुन् ।

मोडल कुन्साङ बोम्जन फिचर भिडियोमा डेब्यु गर्दै परितोषिकाले गीत निकै मन परेकोले काम गरेको प्रतिक्रिया दिइन् । १० वर्षअघि रचित प्रेमिल शब्दले भरिएको गीत निकै उत्कृष्ट बनेको गायिका पन्तको बुझाई । आफ्नो सांगीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको उनले बताइन् ।

गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । परितोषिकाले आफूलाई ममीको अरू गीतमा पनि अभिनयको ‘अफर’ आएको जानकारी दिइन् । गीतको भिडियोलाई गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मार्फत हेर्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय