scheduleमगलवारफाल्गुन २५ गते, २०७७

समाज परिवर्तनमा साहित्यको भूमिका अपरिहार्यः अध्यक्ष यादव

काठमाडौं, २७ मंसिर । जनता समाजवादी पार्टीकी नेतृ एवम् साहित्यकार रेखा यादवद्वारा लिखित दुई कृति सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित एक कार्यक्रमकाबीच यादवद्वारा लिखित उपन्यास आत्मजा र कविता संग्रह तुम बिनको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा नेतृ हिसिला यमीले विमोचन गरेका हुन् ।

उपन्यास आत्मजा नेपाली भाषामा प्रकाशित गरिएको छ भने कविता संग्रह तुम बिन हिन्दी भाषामा प्रकाशित गरिएको छ । कार्यक्रममा अध्यक्ष यादवले समाजको परिवर्तनमा साहित्यको भूमिका अपरिहार्य रहेको बताए ।

अध्यक्ष यादवले फरक भाषा र शैलीमा लेखिएको कृषिले सामाजिक अन्तरघुलन र समाज रुपान्तरणको लागि प्रेरणादायी रहने बताए । उनले लेखिकाको जीवनकहानीसँग उपन्यासको कहानी मिल्ने बताए ।

कार्यक्रममा जसपा नेतृ तथा पूर्वमन्त्री हिसिला यमीले यादवको उपन्यास र कविताले समाज परिवर्तनका लागि योगदान दिने बताइन् ।

कार्यक्रममा सत्यमोहन जोशीको शुभकामना सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा प्राध्यापक तथा लेखक महेश पौडेल, बिनोदकुमार विश्वकर्मा, डिल्लीराम शर्मा संग्रौला लगायतले कृतिहरुमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay