scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

‘चिसो मान्छे’मा अर्पणको ‘इन्ट्री’

काठमाडौं, २९ मंसिर । निर्माणाधीन चलचित्र ‘चिसो मान्छे’मा अर्पण थापाको ‘इन्ट्री’भएको छ । आइतबार निर्मात्री शर्मिला पाण्डेले उनीसँग सम्झौता सम्पन्न गरेकी छिन् । थापा जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्ने अभिनेताको परिचय बनाएका छन् ।

उक्त नयाँ चलचित्रमा अर्पणको इन्ट्रीलाई लिएर यसअघि नै खबर बाहिरिए पनि निर्माण पक्षले यसबारे केही जानकारी दिएको थिएन ।

दीपेन्द्र के. खनालले निर्देशन रहेको चलचित्रमा मोटो पारिश्रमिक लिएर अभिनेत्री स्वस्तिका खड्कालाई निर्माण पक्षले भित्र्याइसकेको छ । चलचित्रमा खड्काको शक्तिशाली भूमिका रहेको भन्दै निर्माण पक्षले उनलाई १८ लाख पारिश्रमिक दिएको खुलासा भएको छ ।

चलचित्रमा पहिलोपटक अर्पणले स्वस्तिमासँग स्क्रिन शेयर गर्दैछन्, जुन दृश्य निर्देशक खनालले नै छायांकन गर्दैछन् । चलचित्रको स्क्रिप्ट पनि खनालले नै लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay