scheduleबिहिवारबैशाख ९ गते, २०७८

चलचित्रकर्मीले बल्ल पाए चलचित्र छायांकनको अनुमति

काठमाडौं, १ पुस । सरकारले चलचित्रको छायांकन गर्न अनुमति दिने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रको छायांकन खुल्ला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकले शर्तसहित छायांकन अनुमति दिएको स्पष्ट पारे । मन्त्रालयले चलचित्र सम्बन्धि गतिविधि खुल्ला गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।

चलचित्र छायांकनको क्रममा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने मन्त्री गुरुङ जानकारी दिए । सरकारले अनुमति नदिए पनि दशैंदेखि चलचित्रको छायांकन भइरहेको सन्दर्भमा सरकारले यस्तो निर्णय लिएको हो ।

सरकारको निर्णयले निर्माणधीन चलचित्रलाई छायांकनमा सहज हुनेछ । नेपाल चलचित्र संघले पुस १० गतेबाट देशभरका सिनेमा हल खोल्ने स्वघोषणा गरे पनि यसबारे मन्त्रिपरिषदले कुनै निर्णय लिएको छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay