scheduleमगलवारफाल्गुन १८ गते, २०७७

कला चल्यो गला चल्यो, तिम्रो घरमा मेरी छोरी भान्छे चलेन … (भिडियो)

काठमाडौं, १ पुस । गायक एवम् संगीतकार बद्री पंगेनी नयाँ गीत लिएर आएका छन् । उनले छुवाछुतको विषयलाई लिएर ‘तिम्रो घरमा मेरो छोरी’ बोलको म्यूजिक भिडियोको इन्टरनेट रिलिज गरेका हुन् ।

‘कला चल्यो गला चल्यो, मान्छे चलेन, तिम्रो घरमा मेरी छोरी भान्छे चलेन, किन सम्धिनी मान्छे चलेन…’ बोलको मर्मस्पर्शी गीतमा सामाजिक सन्देशका साथै जातीय विभेदको मुद्दालाई उठान गरिएको छ ।

भिडियोमा सन्तोष पन्तर र लक्ष्मी गिरीको अभिनय छ भने स्वरमा पंगेनीलाई रचना रिमालले साथ दिएकी छिन् । नारायण ज्ञवालीको शब्द रहेको गीतमा संगीत बद्री पंगेनीकै रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay