गजल
भरत कुन्जन बिस्टमेरो देशमा महिनौपिच्छे नयाँ सरकार आउँछ
जसरी बदलिएर यो मनमा विचार आउँछ ।
तिमी एकपटक आफ्नो जवानी बेचेर त हेर
यहाँ घरसम्मै किन्नेहरुको बजार आउँछ ।
त्यो युद्धमा बा मरेको वर्षौं भएको छैन
फेरि सिमानामा छोरो मरेको समाचार आउँछ ।
उनको त्यो सिउँदोमा अर्कैको सिन्दुर परेपछि
अब कसका लागि प्रदेशीको श्रृंगार आउँछ ।