scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: सेफिल्डको मैदानमा म्यान्चेस्टर युनाइटेडको जीत, बर्नली र भिल्लाको बराबरी

काठमाडौं, ३ पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेले जीत निकालेको छ । सेफिल्ड युनाइटेडको घरेलु मैदानमा भएको खेलमा युनाइटेड ३-२ ले विजयी भएको हो ।

युनाइटेडको जीतमा मार्कस रासफर्डले दुई तथा एन्थनी मार्सियालले एक गोल गरे । सेफिल्डका तर्फबाट दुवै गोल डेभिड मेकगोल्ड्रिकले गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भने सेफिल्डले लिएको थियो । मेकगोल्ड्रिकले पाँचौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा रासफर्डले बराबरी गोल फर्काए । ३३औं मिनेटमा मार्सियालले गोल गरेपछि खेलमा युनाइटेडले अग्रता लियो ।

दोस्रो हाफको ५१औं मिनेटमा रासफर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड ३-१ ले अघि बढ्यो । खेलको निर्धारित समय सकिनै लाग्दा ८७औं मिनेटमा मेकगोल्ड्रिकले गरेको गोल सान्त्वना बन्यो ।

जीतसँगै १२ खेलबाट २३ अंक जोडेको युनाइटेड अंकतालिकमा छैटौं स्थानमा उक्लिएको छ भने पराजित सेफिल्ड १ अंकसहित पुछारमा रहेको छ । सेफिल्डले यस सिजन १३ खेल खेल्दा १ बराबरी गरेको छ भने बाँकी १२ खेलमा हार व्यहोरेको छ ।

एस्टन भिल्ला र बर्नलीको बराबरी

गएराति नै भएको अर्को खेलमा एस्टन भिल्ला र बर्नलीले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीबाट गोलका थुप्रै प्रयास भएपनि सफल हुन सकेन ।

भिल्लाका गोलरक्षक इमिलियानो मार्तिनेज र बर्नलीका गोलरक्षक निक पोपले गोलका धेरै प्रयासहरु विफल पारेका थिए ।

बराबरीपछि ११ खेलबाट १९ अंक भएको भिल्ला अंकतालिकाको ११औं स्थानमा रहेको छ भने १० अंक भएको बर्नली १७औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय