scheduleआइतवारफाल्गुन २३ गते, २०७७

हलिउड चलचित्र ‘अनहिन्ज्ड’ डिशहोम सिनेमाघर इन्टरनेशनलमा

काठमाडौं, ५ पुस । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यूमार्फत् नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर ईन्टरनेशनलमा, पौष ६ गतेदेखि हलिवुड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुँदैछ ।

दर्शकहरुले यो चलचित्र पुस ६ गतेदेखि दैनिक ६ शो, बिहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्ने डिशहोमले जनाएको छ ।

सिनेमाघर ईन्टरनेशनल च्यानल नंं ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरेको छ । अर्थात् हलिवुड चलचित्र अनहिन्ज्ड हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सक्नेछन् ।

दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिउड चलचित्र अनहिन्ज्ड हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरी साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम बिक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay