scheduleशुक्रवार आश्विन १ गते, २०७८

झण्डै एक वर्षपछि महाधिवेशन गर्ने ओली पक्षको निर्णय, अर्को बैठक पुस ९ गते

काठमाडौं, ७ पुस । नेकपाको केपी ओली समूहले पार्टी महाधिवेशन झण्डै एक वर्षपछि गर्ने घोषणा गरेको छ । बालुवाटारमा मंगलबार घोषणा गरिएको महाधिवेशन आयोजक कमिटीले २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन् ।

बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको छ केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।

आजकै बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।

उक्त समूहका प्रवक्ताका जिम्मेवारी पाएका प्रदीप ज्ञवालीका अनुसार कमिटीको अर्को बैठक ९ गते दिउँसो १ बजे बोलाइएको जानकारी दिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना निजी आग्रहहरु मात्रै बोल्दै हिंडेकोले जिम्मेवारी आफूले लिएको ज्ञवालीले स्पष्ट पारे ।

आफूहरुले कसैलाई कारबाही नगरेको र केही जिम्मेवारी समेत हेरफेर गरिएको उनले बताए । उनले संसद विघटन भए पनि नेकपा विघटन नभएको बताए ।

प्रवक्ता ज्ञवालीले पार्टी प्रधानमन्त्रीको तर्फबाट नफुटेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय