scheduleशुक्रवार आश्विन १ गते, २०७८

मध्य फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या

लियोन, ८ पुस । मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ । प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो ।

उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन् । बुधबार मध्यरात एक महिलाको उद्धार गर्नेक्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।

आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि ती महिलाको घरमा पनि आगो लगाइदिएका थिए । एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय