scheduleशुक्रवार आश्विन १ गते, २०७८

सामाजिक सञ्जालमा अश्लिल भिडियो अपलोड गरेर यौन उत्पीडन गर्ने अस्लम र रोलक पक्राउ

काठमाडौं, ९ पुस । सामाजिक सञ्जालमा विभिन्न गतिविधि गरेर यौन उत्पीडन कार्यमा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोबाट खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षण नविन्द अर्यालले जानकारी दिए । उनीहरुलाई सामाजिक सञ्जालमा फेक आइडी, इमेल बनाएर पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने, महिलाहरुलाई अश्लि सन्देश र तस्बिर पठाएर यौन उत्पीडन र हैरानी गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेमा हेटौंडा-४ पारिजात पथका ३६ वर्षीय अस्लम अन्सारी रहेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ अनुमति लिएर पक्राउ गरेको जनाएको छ । उनले विद्युतीय उपकरण एवम् इन्टरनेटको दुरुपयोग गरी पीडित महिलाको अर्धनग्न, नग्न तस्बिर तथा भिडियो पोर्न साइटमा अपलोड गरेको प्रहरीको आरोप छ । १ हजार ९८ डलर दिए मात्रै उक्त तस्बिर हटाउन मिल्ने भन्दै आलमले ब्ल्याकमेल गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रहरीले गोरखाको सुलिकोट-५ बारपाकघर भई हाल गोदावरी-११ चापागाउँ बस्ने २० वर्षीय रोकल बहादुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीमाथि सामाजिक सञ्जालमा फेक आइडी बनाउँदै नजिकका साथीहरुलाई यौनजन्य, अश्लि सन्देश तथा तस्बिर पठाउने, यौन अश्ललतायुक्त अनर्गल सामग्री पोस्ट गर्दै अपमान र हैरानी दिने गरेको आरोप छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय