scheduleमगलवार आश्विन ५ गते, २०७८

व्यवस्था बचाउन प्रधानमन्त्रीको कदम चाल्नुभयोः मुख्यमन्त्री गुरुङ

कावासोती, ९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पेमा साम्डुप छ्योलिङ गुम्बामा माने तुङग्युर (मणी खोर्लो) उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको अहिलेको कदम व्यवस्थालाई बचाउनका लागि भएको बताएका छन् ।

संविधान संशोधन गरेर लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा निकाली राष्ट्रियता जोगाउने काम थालेपछि सरकार ढाल्ने खेल शुरु भएको उनले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय