scheduleबिहिवारफाल्गुन २० गते, २०७७

‘धेरै सुत्ने महिलालाई बढी यौन चाहना’


न्यूयोर्क, ११ पुस । एक अध्ययनले यौन जीवनको बारेमा रोचक खुलासा गरेको छ । यसमा दावी गरिएअनुसार बढी सुत्ने महिलाहरु बढी नै यौन सम्पर्क गर्न चाहन्छन् ।

अध्ययनमा एक घन्टा अतिरिक्त सुत्ने महिलालाई १४ प्रतिशतसम्म यौन चाहना बढ्छ ।

यस अध्ययन मिशिगन युनिभर्सिटीमा गरिएको हो । अध्ययनमा १ सय ७१ युवतीलाई सुताई र सेक्सको अवधारणामा आधारित रहेर लगातार दुई हप्तासम्म अध्ययन गरिएको थियो ।

अध्ययनका अनुसार राम्रोसँग अतिरिक्त समय सुत्ने महिलालाई धेरै यौनसम्पर्कको चाहना हुने मात्र होइन, उनीहरुले बढीभन्दा बढी यौन आनन्द पनि प्राप्त गर्दछन् । अध्ययनमा राम्रोसँग निदाउनाले स्फूर्त शरीर र एकाग्रता पनि बढ्दछ । यी सबै कुराको प्रत्यक्ष प्रभाव यौन सम्पर्कमा पर्दछ ।

सात घण्टा २२ मिनेट औसत सुत्ने महिलालाई उनी सुतेको घन्टाको अनुपातमा उत्तेजना पनि बढ्दछ । एजेन्सी

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay