काठमाडौंमा सुरु भयो किराँत समुदायको साकेला साहित्य महोत्सवक
काठमाडौं, ११ पुस । किराँत समुदायको महान चाड उधौलीको अवसरमा किराँत राई लेखक संघको आयोजनामा “साकेला साहित्य महोत्सव २०७७” शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।
आइतबारसम्म चल्ने महोत्सवमा उधौलीमा सम्पन्न हुने महोत्सवमा साकेला कविता प्रतियोगिता गरिएको छ । महोत्सवको पहिलो दिन वरिष्ठ कवि तथा गीतकार भूपाल राईले ‘किराँत प्राज्ञिक सत्ता निर्माण’ विषयमा विचार प्रस्तुत गरिएको छ भने किरात राई लेखक संघका पूर्वअध्यक्ष प्रकाश राईले पनि पहिलो दिननै ‘जनगणनामा जनसंख्याको राजनीति’ बिषयमा धारणा राखेका छन् ।
महोत्सवको दोस्रो दिन, मुन्धुम अध्येता भोगिराज चाम्लिङले ‘साकेलाको गरिमा’ विषयमा गहन विश्लेषण गर्ने कार्यक्रम छ । दोस्रो दिन साकेला कविता प्रतियोगिताको नतिजासहित महोत्सव समापन हुनेछ ।
संघका अध्यक्ष खुक्सङ खम्बुले यो पल्टको महोत्सवमा मौलिकता दिने बताए ।
साकेलालाई लेखनको माध्यमले थप माथी उठाउनको निम्ति साकेला साहित्य महोत्सवको आयोजना गरिएको उनले बताए ।